बाक्लो हुस्सुले ढाकियो चिन मुख्य सडक, एकै पटकमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त

चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।

सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ ।

अनलाइनमा पोस्ट गरिएका अन्य भिडियोमा केही सवारी साधन दुर्घटनाका कारण टुक्रा टुक्रा भएको पनि देखिएको छ ।

हेनान प्रान्तको झेङझोउ शहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा २०० वटा सवारी साधन दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

“बुधबार बिहान झेङझोउको पहेँलो नदीको पुलमा अचानक कुहिरो लागेको थियो, जसका कारण धेरै सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको थियो,” झेङझोउका अधिकारीलाई उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।

“दुर्घटना लगत्तै आपतकालिन उद्धार कार्यहरु गरिएका छ भने दुर्घटना स्थललाई सामान्य यातायात सुचारु गर्नका लागि खाली गराइँदै छ,” रिपोर्टमा भनिएको छ।

चीनमा कडा यातायात सुरक्षा नियम, कमजोर सडक संरचना साथै चालकको लापर्बाहीका कारण सडक दुर्घटानाबाट बर्षेनी हजारौँ नागरिकको अकालमा ज्यान जाने वा अगभङ्ग हुने गर्छ । गत सेप्टेम्बरमा दक्षिणपश्चिमी गुइझोउ प्रान्तको क्वारेन्टिनमा जाँदै गरेको बस राजमार्गमा पल्टिँदा २७ जना यात्रुको मृत्यु भएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *