सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन विभिन्न रानजीतिक दलसँगको छलफललाई तीव्र पार्नुभएको छ । उहाँले बुधबार एमाले अध्यक्ष ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *