ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्या भएको जनाइएको छ । उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-१० बोरखोर बस्ने भारत नई पालम बिहार गुडगाँव हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाइएको छ।

यस्तै शितगंगा नगरपालिका-१० सिद्धारा बोखोरस्थित जंगलमा आइतबार बिहान टाउकोमा गहिरो चोट लागेको अवस्थामा राधा थापाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले घटनामा संलग्न सिंहलाई शितगंगा नगरपालिका-११ मुन्द्रीबासस्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाई सिंहले आइतबार बिहान महिला दुध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *