अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ

सुर्खेतको भेरीगंगा नगरपालिका-५ बबईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले पैदलयात्री गंगालाई १४ ग्राम २ सय १० मिलिग्राम र बा. ५ ख ३७७२ नम्बरको फोर्स गाडीमा सवार पुष्करलाई ४ सय ८० मिलिग्राम सहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका-४ बस्ने ३७ वर्षीया गंगा खत्री र सुर्खेत वीरेन्द्ननगर नगरपालिका-९ बस्ने २३ वर्षीय पुष्कर सुनार रहेका छन् ।

यस्तै झापाको झापा गाउँपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-७ बस्ने २३ वर्षीय बामदेव मिश्रलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सर्लाहीको हरिपुर नगरपालिका-८ हात्तिसारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७ सय ८० ट्याब्लेट सहित सोही नगरपालिका-९ डेरा गरी बस्ने गोडैता नगरपालिका-७ घर भएका २० वर्षीय दिपक बैठालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा ना.१ ज २३८२ नम्बरको म्याजीक चालकसँग भाडाको विषयलाई लिएर बादविवाद भई कुटपिट गरी भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले बैठालाई नियन्त्रणमा लिई शरीर जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

अहिले घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *