जीतपुरसिमरामा गाडीको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जीतपुरसिमरामा स्कोरपियो गाडीको ठक्करबाट तरकारी बेच्न निस्केका एक पुरुषको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाका ४५ वर्षीय राजेन्द्र माझीलाई गाडीले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको हो ।

निजगढबाट पथलैयातर्फ आउँदै गरेको ग२च ४४१३ नम्बरको स्कोरपियो गाडीले सोही दिशाबाट आइरहेको प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र साइकललाई एकै स्थानमा ठक्कर दिएको थियो। उक्त दुर्घटना पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको प्रहरीले जनाएको छ।

यस्तै सोहि दुर्घटनामा परि घाइते हुनेमा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर रहेका छन्। साथै अहिले उनीहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ भने आलेमगरको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीको अनुसार घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज अस्पताल पठाउने तयारी भइरहेको छ । यस्तैगरी ठक्कर दिने स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *