चुनावी झडपमा मारिएका चेतनदीप र सञ्जिवको परिवारलाई १०-१० लाख सहयोग गर्ने सरकारको निर्णय

अर्थमन्त्री बिष्णु पौडेलले निर्वाचनका क्रममा भएको झडपमा परि ज्यान गुमाएका दुई परिवारलाई १०-१० लाख आर्थिक सहयोग दिने निर्णय गरेका छन्।

गत मङ्सिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको क्रममा झडपमा परेर ज्यान गुमाएका बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हुन्।

बिहिबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो भनेका थिए। साथै उनले कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने समेत बताए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *