स्वदेशी उपभोगलाई प्रोत्साहन गर्न ‘मेक इन नेपाल’ अभियान प्रचण्ड सरकारले संचालन गर्ने

प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारले ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने बताएका छन्। उनले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्ने बताउँदै मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उल्लेख गरेका हुन्।

सत्तारुढ गठबन्धनले तयार पारेको ‘सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम’को मस्यौदामा उक्त अभियानको एजेन्डा राखिएको समेत बताएका छन्। राष्ट्रिय पुँजीको विकास गर्न ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ ।

यस्तै सोहि मस्यौदामा उत्पादन हुने खाद्यवस्तु,जुत्ता,औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगितामा बढावा दिने साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने सरकारको योजना रहने उल्लेख गरिएको छ।

यस्तैगरी भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने, रोजगार बैंक, स्टार्ट अप कोष र व्यवसाय कोरल्ने केन्द्र स्थापना गरी ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्रवर्द्धन गरिने जनाइएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *