प्रमुख शाहबाट उपाध्यक्ष खड्कालाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्कालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रिय सभा गृहमा एक समारोह आयोजना गरि उपाध्यक्ष खड्काको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम खड्का उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । पुस ११ गते बसेको महानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले योजनाविद् इञ्जिनियर खड्कालाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस्तै ऐन बमोजिम महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय सहरी योजना आयोग गठन हुनेछ । उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत आयोगको सदस्य रहनुहुनेछ । आयोगका सदस्यहरुमा १ जना महिला अनिवार्य गरिएको छ । उपाध्यक्ष तथा सदस्य नियुक्त गर्दा आर्थिक मामिला, सामाजिक, सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, सार्वजनिक प्रशासन, सुशासन तथा व्यवस्थापन, मानव संशाधन जस्ता क्षेत्रको प्रतिनिधित्व गराइनेछ । त्यस्तै सहरी बिकास तथा सहरी योजना, कानून, स्वास्थ्य तथा वातावरण, शिक्षा तथा सहकारी, अन्तरराष्ट्रिय मामिलाजस्ता क्षेत्रलाई पनि सदस्य नियुक्त गर्ने आधार मानिएको छ ।

सन्तुलित बिकासबाट दिगो सहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि सहरी योजना आयोग गठन गर्न सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐन तर्जुमा गरिएको जनाइएको छ ।

यस्तै आयोगले स्थानीय तथ्य र तथ्याङ्क संकलन गर्ने, बिकास आवश्यकता, आयोजना तथा परियोजनाहरुको अध्ययन, अनुसन्धान, बिश्लेषण, अनुगमन, सुपरीवेक्षण तथा मुल्याङ्कनबाट स्थानीय नीति योजना तर्जुमा गर्ने तथा अभिलेख व्यवस्थापन गर्नेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम गठन जारी गरिएको यस ऐनमा ७ वटा परिच्छेद, २२ वटा दफा र २ वटा अनुसूची समावेश छन् ।

आजको शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, प्रवक्ता नविन मानन्धरसहित अधिकारीहरुको सहभागी रहेको थियो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *