नेपालगन्जमा दादुरा संक्रमण बढ्दै: समयमै बालबालिकाहरुलाई दादुराको खोप लगाउन मन्त्रालयको आग्रह

आफ्ना बालबालिकालाई दादुराबाट जोगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सम्पूर्णमा आग्रह गरेको छ। बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।

केहि दिन यता नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिन थालेपछि बालबालिकाहरुलाई समयमै खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो।

खोप शाखाका प्रमुख सागर दाहालको अनुसार दादुराबाट जोगाउन ९ देखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउनु पर्छ। साथै दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने उनको भनाई छ।

अहिले नेपालगन्जमा मिजल्स भाइरसका कारणबाट सर्ने दादुरा ९० जनामा संक्रमण पुष्टि भइसकेको र दादुराको कारण एक जनाले ज्यान गुमाएको जनाइएको छ।

सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *