क्रिकेट टिमका पुर्वकप्तान लामिछाने आज धरौटीमा रिहा हुँदै

क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछाने आज धरौटीमा रिहा हुँदै छन्। उनलाई पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम आज धरौटी तिरेर छुट्ने बताइएको छ।

जबराजस्ती करणी गरेको आरोपित लामिछानेलाई २० लाख धरौटी माग बमोजिम छाड्दै उच्चले सन्दीपलाई केही सर्तसमेत राखेको छ। उनलाई पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार उक्त रकमको धरौटी माग गरेका थिए।

यस्तै स्रोतको अनुसार मुद्दाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ। साथै जाहेरीकर्ता र उनका परिवारसँग भेटघाट, सम्पर्क, त्रास, दबाब नदिन र उनीहरूलक्षित कुनै सामग्री सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा टीप्पणी नगर्न भनिएको छ ।

यस्तैगरि सन्दीपलाई धरौटीमा छाड्न अदालतले चार सर्तमा रिहा गर्न लागेको छ। कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं छाड्नुअघि उपत्यका छाड्ने र फर्कने मिति साथै बस्ने ठाउँ खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने सर्त रहेको छ। यी सर्तहरुको पालनाको कार्यान्वयनका लागि सन्दीपको गतिविधि निगरानी गर्ने, मोवाइल नम्वर, टेलिफोन नम्वरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सो संग सम्बन्धित सामग्री वा विवरणको संचार अभिलेख गर्नको (लफुल इन्टरसेप्सन) लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ।

पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने र मागेको बेला अदालतलाई दिन प्रहरीलाई आदेश गरिएको छ ।

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *