अध्यक्ष लिङ्देन उपप्रधानमन्त्रि एवं ऊर्जा मन्त्रीमा नियुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रि एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रि पदमा नियुक्त भएका छन्।

आज बिहान राष्ट्रपति कार्यालय, शीतल निवासमा राप्रपा अध्यक्ष लिङ्देन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनिसँगै १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन्।

लिङ्देन उपप्रधानमन्त्री बनेसँगै मन्त्रीमण्डलमा ४ जना उपप्रधानमन्त्री भएका छन् । यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *