नुवाकोटमा दाइको हत्या गरेको अभियोगमा आफ्नै भाई पक्राउ

नुवाकोटमा आफ्नै ५२ वर्षीय दाइको हत्या गरेको अभियोगमा आफ्नै भाई पक्राउ परेका छन्।

बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ५२ वर्षीय दाई जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको आरोपमा ३२ वर्षीय भाई ईन्द्र सिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ।

ईन्द्र सिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद झै-झगडा हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त हत्या घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *