रास्वपाकी डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन्। सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने ३ जना मन्त्रीको टुंगो लगाएका हुन् ।

यसअघि डा. कार्की ललितपुर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिईन। यस्तै शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याललाई मन्त्रि पदको लागि पठाइएको छ। शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं–६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।

उपप्रधानमन्त्रि एवं गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा प्रवेश गरिसकेका छन्।

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *