पल शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ दिए पनि बाँकी जेलसजाय भोग्नु पर्ने

नाबालिका बलात्कारको आरोपमा मुद्दामा परेका नायक पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले जबर्जस्तीकरणी अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको हो ।

पललाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी जेलमुक्त भने हुन सक्ने छैनन् । उनलाई नवलपुर जिल्ला अदालतले यौन दुव्र्यवहारमा २ वर्ष ६ महिना जेल सजाय सुनाएकाले उनी सो सजाय भूक्तान गरिरहेने छन्। यस्तै अभिनेता साहसँगै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिइएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप लागेको थियो ।

अदालतमा मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए । तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिए पनि उनी कारागारमै रहने छन् । फैसलाको पूर्णपाठ आउन भने समय लाग्ने जनाइएको छ ।

यसअघि एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी जिल्ला अदालतमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासीले भने शाहलाई बलात्कार मुद्दामा सुनुवाई गरेको थियो तर बाल यौन दुरुपयोग गरेको आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने समेत फैसला गरेको थियो ।

“तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ”,, “फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।” जिल्ला अदालत तनहुँका श्रेष्तेदार मीन बहादुर कुँवरले भने।

पल शाहलाई सफाइ मिलेपछि नायिका पुजा शर्मा भईन खुशी: भन्छिन खुशीको सीमा रहेन
तनहुँ जिल्ला अदालतले नायक पल शाहलाई सफाइ दिएपछि नायिका पुजा शर्माले खुशीको सीमा नरहेको भन्दै एक त्वित गरेकी छिन। उनले उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुशी व्यक्त गर्दै बताएकी हुन्। ‘जहिल्यै तिम्रो साथमा थिएँ । अहिले खुशीको सिमा रहेन ।’

पल शाह बलात्कार आरोपमा पक्राउ परेदेखि नै पुजाले उनको बचाउमा लगातार अभिव्यक्ति दिँदै आएकी छिन । उनले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले अभिनय गरेका थिए । पल जेल गएपछि रिलिज भएको यो चलचित्र सुपरहिट समेत भएको थियो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *