आगामी बैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुँदै, सभापति लामिछाने पुन: उम्मेदवार बन्दै

चितवन क्षेत्र नं २ को संसद पद रिक्त भएपछि निर्वाजन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेको छ। सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेको संसद पद खारेज गरेपछि उक्त संसद पद रिक्त भएको थियो। उनको नागरिकता विवाद परेपछि संसद पद गुमेको थियो।

निर्वाचन आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै आगामी बैशाख १० गते चितवनमा उपनिर्वाचन हुने जनाउँदै निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि सभापति लामिछानेले उमेश श्रेष्ठलाई ३४ हजार १६२ मत पराजित पार्दै ४९ हजार २६१ मत प्राप्त गरि बिजय भएका थिए।

निर्वाचन आयोगको अनुसार संविधानमा प्रतिनिधि सभाको कार्यकाल ६ महिना भन्दा बढी बाँकी राख्न नमिल्ने भनिएको छ। कुनै संसदीय स्थान रिक्त भए उक्त स्थानमा उपनिर्वाचन प्रणालीबाट पद पूर्ति गरिने व्यवस्था रहेको छ।

आज देखि चैत १६ गते सम्म मतदाता नामावाली अध्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ। चित २० गते उम्मेदवारी दर्ताको कार्य तालिका रहेको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसपटक पनि सभापति लामिछानेले फड्को मार्ने पक्का पक्कि देखिन्छ। चितवनका मतदाताहरुले रवि लामिछाने अब प्रधानमन्त्रि बन्नुपर्ने दावी गरेका छन्।

अहिले सभापति लामिछाने पुन: उपनिर्वाचनक लागि उम्मेद्वार बन्ने भएका छन्। उनको राहदानी विवादमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *