१० बुँदे माग राख्दै यातायात मजदुर उत्रिए आन्दोलनमा, माग पुरा नगरे यातायात सेवा ठप्प पार्ने चेतावनी

काठमाडौंको माछापोखरीमा विभिन्न माग राख्दै यातायात व्यवसायीहरु पुन: आन्दोलनमा उत्रिएका छन्। उक्त आन्दोलनमा यातायात व्यवसायी तथा मजदुरहरुले प्रहरीको दुई वटा भ्यानमा क्षति पु-याएको जनाइएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा ३ फागुनसम्म माग पुरा नभए सार्वजनिक यातायात सेवा नै ठप्प पार्ने चेतावनी समेत दिएका छन्।

यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी ऐन विपरीत चल्दा यातायात क्षेत्र अस्तव्यस्त भएको र सडकमा राज्य आतंक भएको मजदुहरुको आरोप रहेको छ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि मजदुरहरुको मागमा समर्थन रहेको जनाएको छ । उपत्यका लगायत देशभर सञ्चालित सार्वजनिक सवारी साधनहरुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ विपरीत पहिलो पटकमै अधिकतम् जरिवाना गर्ने, सवारी चालक अनुमति पत्र निलम्बन गर्ने, नेपाल सरकारको यातायात व्यवस्था कार्यालयहरुले प्रदूषण चेकजाँच गरी प्रदूषण स्टिकर दिएका सवारी साधनहरुको प्रदूषण अवधि हुँदाहुँदै वातावरण विभागले समेत दोहोरो प्रदूषण चेकजाँच गरी अधिकतम जरिबाना गर्ने कदमको विरोध समेत गरेको छ।

यस्तै ट्राफिकले जेकजाँचमा चर्को महशुल लिएको भन्दै आज माछापोखरीमा आन्दोलन गरेका थिए। अहिले उक्त स्थानमा प्रहरी परिचालन गरिएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *