नेकपा एमाले यो देशमा डकैति गर्न होइन, देशको गेटको पाले हो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहि विचार गर्नेहरुको हत्या भएको बताउनुभएको छ । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफुले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गलत शक्तिहरुले अवरोध गरेको जिकिर गर्नुभयो।

उक्त कार्यक्रमामा अनेरास्वाव्युका विद्यार्थीहरुलाई सुभकामाना दिंदै देशलाई बर्बाद पार्न गलत शक्ति क्रियाशिल रहेको बताउनुभयो। ‘यो देश बर्बाद पार्न क्रियाशील छन्।’ उहाँले भन्नुभयो, ‘नेकपा एमाले यो देशमा डकैति गर्न होइन। देशको गेटको पाले हो। यसलाई टेकेर मात्रै जानसक्छ। त्यसकारण पहिले यसमाथि प्रहार भई आएको छ। ‘

यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओलीको नेतृत्वमा विकास र समृद्धिको लागि अगुवाइ गरेको बताउनुभएको छ। उहाँले राजनीतिलाई परिवर्तनअनुसार अगाडि बढाउने हो भने आफुहरुले अवसरवादमाथि विजयी हासिल गर्नुपर्ने तर्क गर्नुभयो।

‘देशको स्वाधीनता र राष्ट्रिय हितको प्रश्नमा भारतीय नाकाबन्दीलाई असफल बनाउने नेतृत्व हाम्रो पार्टी अध्यक्षले गर्नुभयो । नेपालको राजनीतिमा अराजतकता छ । राजनीतिलाई परिवर्तनअनुसार अगाडि बढाउने हो भने हामीले अवसरवादमाथि विजयी हासिल गर्नुपर्छ ।’

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *