आन्दोलनको क्रममा तोडफोड र लुटपाट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडाैंको गोंगबु क्षेत्रमा आन्दोलनको क्रममा तोडफोड र लुटपाट गर्नेलाई कारबाही गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ। सोमबार उक्त प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन गृहमन्त्रालयले निर्देशन दिएको हो ।

गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीसँग वार्ता गर्दै निर्देशन दिएका छन्।

सोमबार यातायात व्यावसायी र मजदुरहरुले नयाँ बसपार्क, माछापोखरीमा गरेको प्रदर्शनमा लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले विभिन्न मोबाईल पसल तोडफोड गरेर मोबाइल लगायत विभिन्न सामग्री लुटेका थिए । यस्तै सोहि आन्दोलनमा प्रदर्शनकरीहरुले प्रहरीको भ्यानमा समेत क्षति पु-याएका थिए।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *