देशमा लोकतन्त्रको नाममा लुटतन्त्र हावी भएको छ: सांसद ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही देशमा लोकतन्त्रको नाममा लुटतन्त्र हावी भएको बताएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री सबै मन्त्रालयमा दिने हो भने सबका सब मन्त्रालयलाई प्रधानमन्त्रि दिए पुग्ने बताए।

आज बसेको प्रतिनिधि सभाको बैठकमा आफ्नो सरकारप्रति आक्रोस पोख्दै शाहीले प्रहरीलाई निकम्मा बनाउने सरकार रहेको टिप्पणी गर्नुभयो। “यदि सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने को हो ?” उहाँले भन्नुभयो, “यो देशमा सरकार छ भने प्रधानमन्त्री निवास भन्दा जम्मा तिन किलोमिटर अगाडी लुटपाट हुन्छ, प्रहरी निकम्मा भएर हिडीराछ” आज दिनमै लुटपाट हुन्छ। ”

देशमा गृहमन्त्रालयको संयन्त्र छ तर किन खालि भन्दै प्रश्न गर्नुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्रि सबै मन्त्रालयमा दिने हो भने अरु मन्त्रालय किन बनाएको सबका सब मन्त्रालय प्रधानमन्त्रि बनाइदिए भइहाल्छ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *