बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका छन् भने उनकी आमा समेत घाइते भएको जनाइएको छ। गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका दुवै जनाको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भैरहेको छ।
नेता डा भण्डारीको अनुहार, दुवै हात र गोडामा ३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीले जानकारी दिए। डा भण्डारी र आमाको श्वास नलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने डा किरण नकर्मी भनाइ छ।
यस्तै अस्त्पतालले जारि गरेको विज्ञप्ति अनुसार नेपालमा भएको स्रोतसाधनले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न तत्काल सिफारिस गरिएको छ।


Leave a Reply