त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध २ लाख ४० हजार भारतीय रुपैयाँसहित एक पक्राउ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित उक्त रकम सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधे पक्राउ परेका हुन्।

एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका थियो। बिहीबार बिहान उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बरामद भारतीय रुपैयाँ सहित उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *