दार्चुलामा टिप्परको ढालाले नांगो बिजुलीको तारमा छुँदा एक टिप्पर चालकको मृत्यु भएको छ। दार्चुलाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्पर नाङ्गो विजुलीको तारलाई छुँदा उक्त चालकको मृत्यु भएको हो।
मृत्यु हुने कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापा रहेका छन्। करेन्ट लागेर गम्भिर घाइते भएका थापाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाही जानकारी दिए।
यस्तै सोहि घटनामा टिप्पर सहचालक मार्मा गाउँपालिका-६ का अन्दाजी १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएको बताइएको छ।

Leave a Reply