पेरिसडाँडामा माओवादी केन्द्रको बैठक जारी: यता प्रचण्डको भाकामाथि एमालेको शंका

पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारि रहेको छ। उक्त बैठकमा राष्ट्रपतिबारे कुन पार्टीको उम्मेदवारलाई सघाउनेबारे छलफल भइरहेको छ।

यतिबेला माओवादीका नेताहरुले कुन पार्टीको उम्मेदवारलाई सघाउनेबारे कुरा उठाई रहेका छन्। नेका एमाले भने आफनी अडानमा रहेको छ। तर माओवादी केन्द्रले राष्ट्रपतिको लागि राष्ट्रिय सहमतिको चाहिने बताउंदै आएको छ। यस्तै सरकार गठनताका गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकोमा प्रधानमन्त्री प्रचण्डले भाका फेर्न थालेको भन्दै एमाले भने सशंकित छ ।

सोहि बैठकमा महासचिव देव गुरुङले पार्टी विशेषलाई राष्ट्रपति संविधानको भावनाविपरीत हुने बताएका छन्। संविधानमा दल विशेषलाई बनाउने परिकल्पना रहेको समेत बताए। “कुनै दलले प्रस्ताव राख्न पाउँदैन भन्ने हुन्छ ? प्रस्ताव राख्ने एउटा पाटो भो । उनले भने, “दल विशेषलाई बनाउने अर्को कुरा हो ? संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ ? संविधानको भावनाअनुसार जानुपर्छ”

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि यहि १३ गते मनोनयन दर्ता हुँदै छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *