अमेरिकाको टेक्सासमा भेटियो यस्तो रहस्यमय बस्तु, जसले पृथ्वीमा खतराको संकेत गर्छ

संयुक्त राज्य अमेरिकाको टेक्सासमा एउटा रहस्यमय वस्तु खसेको छ। गत हप्ता टेक्सासमा दुर्घटनाग्रस्त एउटा रहस्यमय वस्तु उल्कापिण्डको रूपमा पहिचान गरिएको जनाइएको छ। उक्त बस्तु पृथ्वी तर्फ आउने क्रममा टुक्रा टुक्रा परेर मेक्सिकोको सीमा नजिकै राज्यको दक्षिणी भागमा टेक्सासको म्याकएलेन नजिक खसेको थियो। सोहि बस्तु १ हजार पाउन्ड तौल भएको नासा विज्ञहरूले बताएका छन्।

गत फेब्रुअरी १५ को दिन ५ बजेर २३ मिनेटको समयमा साँझ दक्षिण टेक्सासमा फायरबल (उल्कापिण्ड) झरेको तस्बिर क्यामेरामा कैद गरिएको थियो। उल्कापिण्डको बारेमा फेसबुकमा पोस्ट गर्ने नासा मिटियर वाचका अनुसार उल्काले २७ हजार माइल प्रति घण्टाको गतिमा यात्रा गरेको थियो । कोण ,गति र मौसम रडार इमेजरीले उक्त बस्तु वायुमण्डलमा प्रवेश गरेको भनेर नासालाई खबर गर्दै उल्कापिण्ड रहेको प्रमाणित गरेको थियो।

यस्तै बिहीबार फेब्रुअरी १६ मा नासा मेटीअर वाचद्वारा उल्कापिण्डको फोटो पोस्ट गरिएको थियो। कानून प्रवर्तन एजेन्सीहरूको अनुसार साँझ ५ बजे पछि विस्फोट जस्तो आवाज सुनिएपछि स्थानीय बासिन्दाहरू कला गरेका थिए। साथै ह्युस्टन एयर ट्राफिक कन्ट्रोलले समेत शहरको पश्चिममा उल्कापिण्डको बारेमा विमानबाट दुईवटा रिपोर्टहरू प्राप्त गरेको थियो।

बस्तु खसेको क्षेत्रमा खिचिएका तस्बिरहरू र भिडियोहरू आकाशमा उल्काको रेखाको रूपमा देखा परेको देखाउँदै ट्विटरमा राखिएको थियो र अन्य गृह सुरक्षा भिडियोहरूले उल्कापिण्ड अवतरण गर्दा पृथ्वी हल्लिएको र चर्को बम बिस्फोट भएजस्तो देखाउछ।

यस्तैगरि संयुक्त राज्य अमेरिकामा उल्काका दृश्यहरू बारे जानकारी सङ्कलन र प्रकाशित गर्ने अमेरिकन मिटियर सोसाइटीले टेक्सासमा अवतरण गरेपछि उल्का पिण्डको तस्बिर कैद गरेको थियो। टेक्सास, फ्रान्स र इटालीमा पनि तीन दिनमा तीनवटा फरक उल्कापिण्ड पृथ्वीमा आएको संगठनले बताएको छ।

संगठनको अनुसार मेटियोरोइडहरू अन्तरिक्षमा रहेका वस्तुहरू हुन्। जसलाई प्रायः “स्पेस चट्टान” भनिन्छ। जब तिनीहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छन्, तिनीहरूलाई उल्का भनिन्छ, वा सामान्यतया “शुटिंग ताराहरू” वा “फायरबलहरू” भनिन्छ। उल्कापिण्डहरू पृथ्वीको वायुमण्डलमा मात्र प्रवेश गर्दैनन् तिनीहरु पृथ्वीमा आएर झर्छन।

उल्काहरू प्रायः टुक्राहरूमा टुक्राटुक्रा हुन्छन् जब तिनीहरू पृथ्वी तर्फ जान्छन् र यो २१ माइलको उचाइमा भएको देखिन्छ। उक्त उल्कापिण्ड करिब दुई फिट व्यास भएको नासाले बताएको छ। नासाको अनुसार अहिले उक्त उल्कापिण्डले कुनै क्षति गरेको देखिँदैन । तर यसमा लगभग ८ टन ‘टीएनटी’ को शक्ति थियो।

नासाले भन्यो, ‘यस प्रकारका उल्का पिण्डहरू प्रायः स्मिथसोनियन संस्था र अन्य संस्थाहरूद्वारा लगिन्छन्, र जो कोहीले यो उल्कापिण्डको टुक्रा हो भन्ने विश्वास गरेको फेला पार्छ भने स्मिथसोनियनलाई सम्पर्क गर्नुपर्छ”

वर्षमा एक पटक गाडी आकारको एउटा क्षुद्रग्रह पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ, तर सामान्यतया सतहमा पुग्नु अघि जलेर आकाशमा फैलिने प्रभावशाली फायरबल बन्छ। फेरि नासाले थप्यो, “८२ फिट भन्दा सानो अन्तरिक्षबाट चट्टानहरू वायुमण्डलमा जन्लने छ । तर पृथ्वीलाई क्षति पुर्याउने छैन।

पछिल्लो समय विश्वमा प्रतिदिन १०० टनभन्दा बढी धुलो र बालुवाको आकारका कणहरू अन्तरिक्षबाट पृथ्वीमा प्रवेश गर्ने अनुमान गरिएको छ। लगभग हरेक 2 हजार वर्षमा एक उल्का, फुटबल मैदानको आकार पृथ्वीमा ठोक्छ, जसले महत्त्वपूर्ण क्षति निम्त्याउने नाशाले बताएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *