अर्घाखाँची अस्पतालमा बिरामीको संख्यामा वृद्धि

अर्घाखाँचीको जिल्ला अस्पतालमा आजभोलि बिरामीको सङ्ख्या बढ्दै गएको छ। यसअघि निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू यतिबेला अर्घाखाँची अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन्।

उक्त अस्पतालमा पहिले दैनिक सयदेखि एक सय ५० जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेका थिए। तर अहिले सोहि अस्पतालमा दैनिक रुपमा तीन सयभन्दा बढी ओपिडीमा उपचारका लागि आउने गरेका छन्।

अस्पतालका प्रमुख चिकित्सक जगन्नाथ तिवारीका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घ रोगका बिरामी उपचारका लागि आउने गर्दछन् । “ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन्, उनले भने, “अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या पनि बढेको छ।”

केही समय पहिलादेखि बन्द रहेको सिएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि नियमित भइरहेको उनले जानकारी गराए। अस्पतालमा प्रमुखको रुपमा आफु आएपछि शल्यक्रिया विधिबाट प्रसूति गराउने सेवा समेत सुरु भएको बताए। अर्घाखाँचीमा अहिले यस किसिमको सेवा सुचारु भए पछि शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ। शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी समेत भएका छन्।

यस्तै सोहि अस्पतालमा दुई एमडिजिपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुनः सञ्चालन गरिएको अस्पतालमा प्रमुख तिवारीले जानाकारी दिए। अस्पतालमा अत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन गरिएको र थाइराइड, फंगसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा पनि नियमित संचालन भइरहेको छ। जसमा दैनिक ५०/६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ। अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ।

यस्तैगरि अर्घखाँची जिल्लामा ब्लड बैंक नभएर समस्या रहेको छ। तर शल्यक्रिया गर्नुभन्दा पहिला ब्लड दिने व्यक्तिलाई राखेर शल्यक्रिया गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले बताए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *