टर्कीमा फेरि गयो शक्तिशालि भुकम्प: ३ जनाको मृत्यु, ६ सय भन्दा बढी घाइते

विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ । उक्त देशमा ६ दशमलब ४ म्याग्निच्युटको भुकम्प जाँदा ३ जनाको मृत्यु भएको छ भने ६ सय ८० भन्दा बढी घाइते भएका छन् ।

टर्कीको दक्षिणी क्षेत्र आन्तक्य, डेफ्ने र सामन्दगीमा बढी क्षति पुगेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार प्रभावित क्षेत्रहरुमा थप क्षति भएको र मानिसहरु भग्नावशेषमा पुरिएका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

टर्कीमा पटक पटकको परकम्पनपछि आएको भूकम्पका कारण सिरिया क्षेत्रमा पनि त्रास बढ्दै गएको छ । आपतकालीन उद्दार र राहतका लागि आवश्यक तयारी गरिएको पनि सरकारी अधिकारीहले बताएका छन् ।

टर्कीमा गत फेब्रुअरी ६ यतामात्र साना ठूला गरी ६ हजार भन्दा बढी परकम्प भएको अधिकारीहरुले बताएका छन् । यसअघि गएका २ ठूला भूकम्पमा परी टर्की र सिरियामा गरी ४४ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *