नेप्से ३३ प्रतिशतले वृद्धि हुँदा सेयर बजारमा १ अर्ब ८० करोड भन्दा बढी कारोबार

आज सेयर बजारमा नेप्से परिसूचक ३३.५७ अंकले बढेको छ। बुधबार भएको कारोबारमा सेन्सेटिभ इण्डेक्स ४.८१ अंकले बढेर ३९६.३४ विन्‍दुमा आएर रोकिएको हो।

आज सेयर बजारमा ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर हुँदा १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रूपैयाँको सेयर कारोबार भएको छ। जसमा २६९ कम्पनीहरु सहभागी रहेका थिए। यसदिन दुई कम्पनीको मूल्य ९ प्रतिशत बढि र १ को ९ प्रतिशतले बढेको छ भने
कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छैन।

आज लिबर्टी इनर्जी र चन्द्रागिरी हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशत बढ्दा दोर्धी खोला जल विद्युतको सेयर मूल्य पनि बढेको छ। साथै १३ करोड २७ लाख बढिको सेयर कारोबार गरि हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ। सँगै जीवन विकास लघुवित्त वित्तीयको ४ करोड ९२ लाख र ग्लोबल आईएमई बैंकको ४ करोड ६१ लाख मूल्यको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेञ्जको अनुसार आजको कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको मूल्य बढ्यो भने ३ को घटेको छ। जसमा होटल्स एण्ड टुरिजम र हाइड्रो पावरको ३ प्रतिशत बढिले मूल्य बढ्दा डेभलपमेन्ट बैंक,फाइनान्स र नन लाइफ इन्स्योरेन्सको मूल्य २ प्रतिशत बढिले बढेको हो।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *