कैलालीमा हायसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कैलालीमा आज हायसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बा ५ ख ४०३२ नम्बरको हाईस गाडीले गोदावरी नगरपालिका ९ बल्मी नजिकै एक पैदलयात्री ठक्कर दिंदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने कैलालीको गौरीगंगा नगरपालिका ६ का ६५ वर्षीय केहुवा चौधरी रहेका छन् । उनलाई आज बिहान पौने १० बजे उक्त गाडीले ठक्कर दिएको थियो।

अहिले सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *