पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आजबाट रात्रिकालिन उडान हुँदै

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आजबाट रात्रिकालिन उडान हुँदै छ। नेपालको तेस्रो ठूलो विमानस्थल रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार देखि रात्रि हवाई सेवा सुचारु गरिने जनाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दिएको जानकारी अनुसार बिहान ६ देखि राति १२ बजेसम्म हवाई सेवा संचालन गरिएको छ। यसघि विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको थियो।

उनले भने, ‘आइएफआर प्रणाली लागू भएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ, यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो, आजदेखि रात्रिकालीन सेवा पनि शुरु हुन्छ ।’

गत पुस १७ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थल प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *