सुर्खेतमा एक प्रहरी जवानले आफैलाई गोलि हानि आत्महत्या गरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसार बिहीबार बिहान २ः५६ को समयमा ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेका थिए।
दार्चुलाको अपी नगरपालिका-६ घर भएका बिकको दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामा रहेको थियो। तर उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए ।
अहिले उक्त घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको निर्देशनमा ८ जनाको प्रहरी टोली थप अनुसन्धानमा खटिएका छन् ।

Leave a Reply