कालो धनलाई कर तिरेको भरमा सेतो धन हुदैन: अधिवक्ता रेग्मी

अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका कार्य समिति सदस्य रेशमराज रेग्मीले कालो धनलाई कर तिरेको भरमा सेतो धन बनाउन नहुने बताएका छन्। उहाँले एक अन्तर्वार्तामा कुराकानी गर्दै सरकारले दिएको छुटले कालो धन सेतो हुन नसक्ने दावी गरेका हुन्।

‘सम्पत्ति शुद्धिकरणाको मर्म नै मर्न सक्छ। सरकारले दिएको छुटले कालो धन सेतो भने हुन सक्दैन। उहाँले भन्नुभयो, ‘यसका लागि कुनै उपाय नै छैन। कालो धनलाई कर तिरेको भरमा सेतो धनको रूपमा लिने भन्ने हुँदैन।’

उहाँले इमानदारिता पूर्वक सम्पत्ति शुद्धिकरणको अन्तर्राष्ट्रिय मापदण्ड रहेको समेत बताउनुभयो । ‘नेपालमा लागू गर्ने हो भने हामीले यस्ता छिद्रलाई बढाउँदै लानु हुँदैन। उहाँले भन्नुभयो, ‘यसले मानिसमा पैसा जसरी कमाए पनि हुन्छ भन्ने भावनाको विकास हुन्छ।’

यस्तै सम्पति शुद्धिकरण ऐन संसोधन प्रस्तावले जिम्मेवारी र सम्पत्ति वालालाई हटाउन खोजेको उहाँले तर्क गर्नुभयो । रेग्मीको अनुसार नेपालमा अहिले सबैभन्दा ठूलो व्यवसाय नै राजनीति जस्तो भएको छ। लगानी भएको रकम राज्यको कोषबाट नै उठाने हो । सरकारबाट जनताको विश्वास मरेर गएको उहाँको भनाई छ।

गत फागुन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को दफा २८ लाई संशोधन गरियोस भन्ने विषयमा बढी मत परेको थियो। उक्त प्रावधान ल्याउन थालिएको भन्दै समाजिक संजालमा विभिन्न टिकाटिप्पणी भए। बिशेषगरि सरकारले अवैधानिक रुपमा आर्जन गरेको धनलाई वैद्य बनाउन खोजेको भन्दै यतिबेला आलोचनाको पहाड खडा भएको छ।

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *