पचास करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्दै राष्ट्र बैंकले

नेपाल राष्ट्र बैंकले यहि फागुन १४ गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्दै छ। वार्षिक १२ दशमलव ५० प्रतिसत व्याजदर तोकिएको उक्त बचतपत्र खल्ला भएको मितिले साँवा भुक्तानी अवधि २०८४ चैत्र १० गते तोकिएको बैकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार उक्त दिनबाट पाँच वर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र ‘२०८४’ क (५ वर्षे) बिक्री गर्न लागिएको छ।

उक्त बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात् बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्नेछन् ।

यस्तै घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्रको खरिद गर्न पाउने सीमा रहेको छ। साथै धितो सम्बन्धि सेवामा खरिद गरिएको बचतपत्र धितो राखेर कुनै पनि बैंक तथा बित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *