प्रधानमन्त्रि प्रचण्ड र अध्यक्ष ओली बीच अझै सहमति जुट्न सकेन

बालुवाटारमा राष्ट्रपतिको निर्वाचनबारे छलफल बैठकमा आज पनि प्रधानमन्त्रि पुष्प कमल दहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बीच अझै  सहमति जुट्न नसकेको जनाइएको छ। राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न बालुवाटार पुगेका एमाले अध्यक्ष ओली प्रधानमन्त्रि प्रचण्डसंग कुरा नमिले पछि बहिरिएका छन्।

एमालेले आफ्नो पार्टीबात राष्ट्रपति पदमा जाने अडान लिंदै आएको छ तर प्रचन्डले उनलाई नियमित रुपले राष्ट्रसहमति अनुरुप राष्ट्रपति चयन गर्ने भन्दै आएको छ। साथै अध्यक्ष ओलीले यसरी बीचमा आएर सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने दावी समेत गरेको छ। उक्त सहमतिमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि राष्ट्रपति एमालेलाई दिने सहमति भएको एमाले नेताहरूको दाबी छ।

यसैबीच सत्ता गठबन्धनबीच भएको छलफलमा राष्ट्रपतिको पद नेपाली कांग्रेसलाई दिने र उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीलाइ दिने स्रोतले जनाएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *