गाउँमा जंगली हात्तिको आतंक: हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका क्षेत्रमा जंगली हात्तीको आतंक बढेको छ। चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुन्जको सीमा क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा हात्तीको आक्रमणले २ जाको मृत्यु भएको जनाइएको छ। भने एक जना घाइते भएका छन्।

हिजो बिहिबार सोहि क्षेत्रमा जंगली हात्ती आक्रमणमा परी पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ का ५० वर्षीय सन्तलाल माझीको मृत्यु भएको थियो। यसघि पनि फागुन ८ गते मनहरी गाउँपालिका वडा नंबर ४ की ६४ वर्षीय राधा अधिकारी जंगली हात्तीले आक्रमणबाट गम्भीर घाइते भएकी थिइन्। तर उनको उपचारको क्रममा मृत्यु भएको थियो।

यस्तै स्थानीयको अनुसार हात्तीले पश्चिम मकवानपुरको मनहरीबाट प्रवेश गरेको जंगली हात्ती मनहरीमा सम्पूर्ण बालीनाली क्षति गरेको छ। साथै हेटौँडा उपमहानगरपालिका हुँदै बकैयामा पनि हात्तीले त्यहि परिणाममा क्षति गरेको छ। बकैयामा हात्तिको आक्रमणबाट एक जना घाइते समेत भएको छन्।

यतिबेला जंगली हात्तीलाई नियन्त्रण गर्न जिल्ला वनको टोली सहित स्थानीय दु्रतमार्ग क्षेत्रमा रहेका नेपाली सेनाले समेत प्रयास गर्दा पनि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जंगली हात्तीले जनधनमा समेत क्षति पु-याएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *