सप्तरीको बोदे बर्साइनस्थित आगलागी हुँदा लाखौंको क्षति भएको छ। बोदे बर्साइन नगरपालिकाको वडा नम्बर १० खडकपुमा बिहीबार अचानक आगलागी हुँदा चार घर जलेर नष्ट भएको जनाइएको छ।
स्थानीय पलनु यादवको घरमा विद्युत सर्ट भएको थियो। सर्त हुँदा हावा चलेको बेला आगो घरभरि नै फैलियो। उहाँको घरसहित गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घर जलेको छ। छोटो समयमै चार घर खरानी बनाएको पीडितहरुले बताएका छन्।
पिडितको अनुसार घरमा आगलागी हुँदा घरभत्रका सम्पूर्ण सामान सहित २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगोलाई स्थानीय बासिन्दाहौ, प्रहरी तथा शम्भुनाथ र राजविराज नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

Leave a Reply