कांग्रेसबाट पौडेल र एमालेतर्फ नेम्वाङ राष्ट्रपति पदको उम्मेद्वारी दिंदै

राष्ट्रपति पदका लागि एमाले तर्फबाट सुवास नेम्वाङ र कांग्रेसतर्फबाट रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ। आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

साथैआज बिहान बसेको कांग्रेस पार्टीको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाले नेता पौडेललाई राष्ट्रपति बनाउने निर्णय लिएका थिए।

उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नेता पौडेललाई राष्ट्रपति बनाउने देउवा समक्ष प्रस्ताव गरेका थिए। साथै प्रवक्ता प्रकाशशरण महतले पौडेललाई सर्वसम्मत ढंगबाट निर्णय गरिएको बताएका छन्।

यसअघि ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति भएको थियो।

आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा दुवै जनाले उम्मेदवारी दर्ता गराउंदै छन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *