📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

जलवायु परिवर्तनको प्रभाव देखिँदै: आज पहिलो हिउँदे वर्षा भयो

🕒 February 26, 2023

काठमाडौं उपत्यकाको केहि स्थानमा छिटफुट पानी परिरहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

केहि दिनदेखि मौसममा फेरबदल भइरहेको छ। करिब करिब ६ महिना भइसक्दा समेत पानी परेको थिएन। आइतबार पहिलो हिउँदे वर्षा भएको छ। बिशेषगरि हिउँदे समयमा १३.१ प्रतिशत पानी पर्ने हुन्छ तर पछिल्लो समय जलबायु परिवर्तनले परेको प्रभाव बढ्दै गएको छ।

नागपञ्‍चमीदेखि श्रीपञ्‍चमीसम्मको अवधिलाई हिउँद भनिने गरिन्छ। यस समयमा जाडो र गर्मिको बिचमा तापक्रममा फेरबदल हुने गर्छ।

जल तथा मौसम विज्ञान विभागले सामान्यतया मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँद र यस अवधिको वर्षालाई हिउँदे वर्षामा गणना गर्दछ। अरब सागरमा सुरु भई पूर्वतर्फ आउने पश्चिमी वायुले यस क्षेत्रमा हिउँदे वर्षा गराउँछ। सो वायुको प्रभाव उत्तरपश्चिम भारत र पश्चिम नेपालको तुलनामा मध्य र पूर्वी नेपालमा क्रमशः कम हुँदै जान्छ। विभागले सन्‌ १९८० देखि सन्‌ २०१० सम्म देशभरमा विभिन्न २० स्थानका स्टेसनमा (चित्र १) नापेको ३० वर्षको दैनिक वर्षाको औसतलाई सरदर वर्षाको आधार मान्ने गर्छ। तद्‌ अनुसार हिउँदमा नेपालमा सरदर ६० मिलिमिटर (मिमि) पानी पर्छ।

अहिले काठमाडौँको तापक्रम १७ डिग्री सेल्सियस रहेको छ। यस्तै प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसम विभागले आग्रह गरेको छ। केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको जनाइएको छ।