नेप्सेले आज ४.५५ अंकले उकालो लाग्यो

आज नेपाली सेयर बजारमा नेप्सेले उचाइ नापेको छ। आइतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा कायम गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साताको पहिलो दिनको कारोबारमा ६५ लाख १५ हजार ८५२ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बिहिबार सेयर बजारमा ५७.७४ अंकले झरेर २०२२.६४ बिन्दुमा बन्द भएको थियो।

यस्तै आज बिशेष कारोबारमा गर्नेमा विजय लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त वित्तीय संस्था, मिरमिरे लघुवित्त वित्तीय संस्थालगायत रहेका छन्। साथै घाटामा रहेका सिटिजन मिच्युल फण्ड, जनउत्थान समुदाय लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेका छन ।

स्टक एक्सचेन्जको अनुसार हिमालयन डिस्टिलिरी लिमिटेडले १० करोड ५८ लाख ७० हजार ९७ रुपैयाँको कारोबार गरेर शीर्ष स्थान कायम गरेको छ । भने आज बजार पूँजीकरण २९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *