काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई राजीनामा गराउन खोजेको अभिव्यक्ति दिएका छन्। उनले सामाजिक संजालमा एक पोष्ट गर्दै देश कहिल्यै नबन्ने जिकिर गरे । उनले भने, ‘मलाई आज राजीनामा गराउन खोज्दैछन् । यो देश कहिल्यै बन्दैन ।’
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेनकै समर्थन गर्दै देश लुट्न नपाएकाहरुले राजिनामा मागे सुँघाइ दिनुस भन्दै प्रतिक्रिया दिएका छन्। उनले भने, “भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् तर देश लुट्न नपाएकाहरुले राजिनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी !”
मेयर बालेनले शनिबार आफ्नो सामाजिक संजालमा एक पोष्ट गरेका थिए। पोष्ट हुने लगत्तै हजारौंको संख्यामा कमेन्टहरु आएक थिए।
फेरि पनि उनले आफु हिम्मत नहार्ने भन्दै अटल, अजर, अडिक, निडर अभिव्यक्ति दिएका छन्। चौतर्फी उनलाई हिम्मत नहार्ने भन्दै समाजिक संजालमा कमेत(प्रतिक्रिया) आएपछि उनले उक्त अफिव्यक्ति पोष्ट गरेका हुन्।
मेयर बालेन महानगरमा अनाधिकृत संरचना हटाउने काम जारि राखेका छन्। उनि महानगरको फोहोरको विषयमा बन्चरे डाँडाका स्थानीय सँग विवादमा परेका थिए। साथै अनाधिकृत संरचना हटाउने क्रममा सुकुम्बासी बस्तीको समेत विवाद भएको थियो।
यस्तै उनले फुटपाटको पसलका व्यापारीहरुलाई हटाउन थालेपछि पनि उद्योग बाणिज्य महासंघबात चुनैती पूर्ण पत्र आएको थियो।
कसको दवाब आयो? किन दवाब आयो? भन्ने कुरा उनले प्रष्ट रुपमा खुलाएका छैनन्।

Leave a Reply