३ सय किलो भन्दा बढी गाँजासहित छुट्टाछुट्टै स्थानबाट पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका-४ सितापाइला चोकबाट १ किलो २ सय २ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति प्रहरीले उनीहरुलाई मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका रबिन्द्र धामी र चितवन पर्साखैरेनी घर भएका २७ वर्षीय राजेन्द्र मगर रहेका छन्। बाग्मती प्रदेश ०२-०३७ प २२४२ नम्बरको मोटरसाइकलमा सवार थिए।

यस्तै मकवानपुरको राक्सीराङ गाउँपालाका-८ गोठडाडाँ बस्ने ४८ वर्षीय ठाकुराम मोक्तान र २५ वर्षीय प्रेम घलानलाई अवैध लागूऔषध गाँजा ३ सय ४५ किलो ४ सय ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूको घर जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

अहिले उनीहरुलाई थुनामा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *