आज मिथिलाञ्चल क्षेत्रमा औपचारिक रुपमा होली पर्व सुरु

आज मिथिलाञ्चल क्षेत्रमा औपचारिक रुपमा होली पर्व सुरु भएको छ। सोमबारदेखि सुरु भएको होलि पर्व मिथिला मध्यमा परिक्रमाका यात्रुले कञ्चनवनमा पुगेर एकअर्कालाई अबिर दलेर होली खेलिरहेको छ ।

मिथिलावासीहरुले आजदेखि १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु गरेको जनाइएको छ। भगवान राम र सीताले त्रेता युगमा रंग दलेर होली खेलेको सम्झनामा महोत्तरीको कञ्चनवनमा मिथिला मध्यमा परिक्रमा गरिने पौराणिक मान्यता रहेको छ।

प्रत्येक वर्ष परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुग्ने सहभागीहरुले एकअर्कालाई रंग, अबिर दलेर होली पर्व निकै भव्यताका साथ मनाउने गरेका छन्। साथै कञ्चनवनमा जब परिक्रमाका सहभागीहरुले रंग र अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको सुरुवात भएको मानिन्छ।

धनुषाको कचरीबाट सुरु भएको मिथिला परिक्रमाको बृहत्तर जनकपुर क्षेत्र विकाश परिषद् र भंगहा नगरपालिकाले हरेक वर्ष जस्तै होली महोत्सवको आयोजना गर्ने गर्दछन।

भंगहा नगरपालिकाका मेयर संजीव साहको अनुसार आज दिउँसो परिक्रमामा सहभागी साधु सन्त, महन्थ र श्रद्धालुहरू आपसमा रंग अविर खेलेर होली पर्वको शुभारम्भ गर्ने छन् । उक्त क्षेत्रमा त्रेतायुगमा भगवान राम र माता सीता कञ्चनवनमा होली खेलेको जनविश्वास छ । सोही विश्वासका आधारमा परिक्रमा यात्रीहरू रंग अविर खेल्ने घरेको उनले बताए।

आजको दिन खाली खुट्टाले पैदल यात्रामा हजारौँ साधु सन्त, श्रद्धालु भक्तजन सहभागी रहेका छन् । उनीहरू भगवान राम र सीताको डोलाका साथसाथ नेपालको १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर यात्रा गर्ने जनाइएको छ।

फागुन शुक्ल प्रतिपदाबाट सुरु भएकाे मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती, गंगा र वीरजा गङ्गाको संगमस्थलसमेत रहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *