धादिङमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना प्रहरीको हिरासतमा

धादिङमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहेरीले पक्राउ गरेको छ।

धादिङको धुनिबेशी नगरपालिका-६ देवीस्थान घर भई सोही नगरपालिका-७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने धुनबेशी नगरपालिका-६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानिया रहेका छन्। उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको थियो।

यसअघि बानियाले फागुन १० गते कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिले उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *