नेपाल इन्स्योरेन्सका दुई सञ्चालकलाई पद मुक्त गर्न बीमा प्राधिकरणको निर्देशन

नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अर्जुन शर्मा पौडेल र सञ्चालक विष्णु खेतान अग्रवाललाई सञ्चालक समितिबाट हटाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। उक्त कम्पनी मर्जमा जाने भएपछि २ कार्यकाल पुरा गरेका पौडेल र अग्रवाललाई समितिबाट हटाउन निर्देशन दिएको हो।

बीमा प्राधिकरणका अधयक्ष सूर्यप्रसाद सिलवाले दिएको जानकारी अनुसार सोहि कम्पनि मर्जमा नजाने अवास्था छ। कम्पनीको सञ्चालक समितिलाई पत्राचार गर्दै उनीहरुलाई हटाउने निर्देशन दिइएको छ।

यसअघि नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जर गर्न पत्राचार गरेको थियो। प्रारम्भिक सहमति अनुरुप अहिले आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरमा जाने भएका छन् भने नेपाल इन्स्योरेन्स मर्जर गर्न तयार छैन।

यस्तैगरी सोहि कम्पनि मर्जरमा जाने भएपछी दुविया जनालाई पुन: नियुक्ति गर्न प्राधिकरणले अनुमति दिएको थियो । सोहि आधारमा अग्रवाल गत २९ जेठमा सञ्चालक पदमा पुनः नियुक्ति भएका थिए । नेपाल इन्स्योरेन्स कम्पनीले दुवै जनालाई संस्थागत सुशासन विपरीत सञ्चालक पदमा नियुक्त गरेको थियो।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *