राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्ने भने विषयमा आज रास्वपाले निर्णय लिने

आउँदो राष्ट्रपतिको निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको छलफल बैठक जारि रहेको छ। बसुन्धारामा रहेको पार्टी कार्यालयमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न रास्वपाले बैठकको बसेको हो।

राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले आज निर्णय लिने बताइएको छ। हिजो राष्ट्रपतिका उम्मेदवार पौडेलले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मत मागेका थिए । यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्नेबारे पनि छलफल भैरहेको छ।

सभापति लामिछानेको नागरिकता विवादपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट मुक्त भएका थिए । त्यसलगत्तै रास्वपा सरकारबाट फिर्ता भएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *