क्याप्टेन सन्दिपलाई यूएई पठाउन क्यानले थाल्यो तयारी

क्रिकेट कप्तान सन्दिप लामिछानेलाई युएई पठाउन नेपाल क्रिकेट संघ (क्यान) ले तयारी थालेको छ। क्रिकेटर लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै क्यानले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको हो।

क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र हिजो सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेकाले उनलाई युएई पठाउन थालिएको छ। उनको अहिले भिसा प्रक्रिया पनि अगाडि बढाउँदै छ।

अहिले क्रिकेटर सन्दीपलाई नेपाली क्रिकेट टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग अनुमति मागिएको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए। उहाँले भन्नुभयो, ‘पहिले त सन्दीपलाई टिममा थप्नका लागि आईसीसीले अनुमति दिनुपर्‍यो। सले हामीसँग बीचमा खेलाडी परिवर्तन गर्नुपर्ने कारण मागेको छ र हामीले पनि दिइसकेका छौँ ।’

यसअघि नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो। सोमबार नेपालले पहिलो खेल खेलिसकेको छ । बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा राखिने छ। तर कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निश्चित निर्णय नभएको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *