ट्र्याक्टर दुर्घटनामा परि एक बालाकको मृत्यु, दुई जना घाइते

नवलपरासीमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। नवलपरासीको बर्दघाट सुस्तापूर्वमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने विनयी त्रिवेणी गाउँपालिका-४ का १३ वर्षीय बविन क्षेत्री रहेका छन्। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो। उक्त ट्रयाकटर पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो।

उहाँको अनुसार दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *