नुवाकोटमा ग्याँस सिलिण्डर पड्केर घरमा आगलागी

नुवाकोटमा खाना पकाउने ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। बेलकोटगढी नगरपालिका– ८ पांचखलेमा खाना पकाउने ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए।

प्रहरी कार्यालय नुवाकोटको अनुसार विश्वनाथ पुडासैनीको दुई तल्ले ढुंगा र इट्टाले बनेको घरमा आगलागी भएको थियो । आगजनीबाट दुईतले घर तथा त्यसमा रहेका सम्पूर्ण सामग्री, धनमालसमेत जल्दा करिब २० लाख बराबरको क्षति भएको पीडित पक्षले जनाएको छ ।

यस्तै आगलागी विदुर नगरपालिकाको एउटा वारुणयन्त्र, स्थानीयवासी, सुरक्षाकर्मीको पहलमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । सुख्खायाममा आगजनीका घटनाहरु बढिरहेका कारण होसियारी र सजकता अपनाउन जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणमा अनुरोध गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *