राष्ट्रपतिको चुनावमा अध्यक्ष ओलीको सहयोग मिल्ने पौडेलको विश्वास

नेपाली कांग्रेसले एमालेसँग भोट माँगेको छ। राष्ट्रपतिको निर्वाचनको नाजिन्दै गर्दा उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको लागि भोट मागेको हो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सकारात्मक जवाफ दिंदै नेता पौडेलसँगको मित्रता पुरानो रहेको बताए। उनले भने रामचन्द्रजी सँगै जेल बसेको साथी हो, उहाँप्रति नकारात्मक छैन। ‘

यस्तै नेता रामचन्द्र पौडेलले पनि आफुहरुको सम्बन्ध घनिष्ट रहेको बताउँदै राष्ट्रपति पदलाई सबैको साझा पद बनाउनलाई अध्यक्ष ओलीको सहयोग मिल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो। राष्ट्रपति पदलाई सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’

राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ र कांग्रेससहित गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *