सत्ता गठबन्धन टुटेपछि प्रधानमन्त्रि प्रचण्डलाई पुन: छेपारोको संज्ञा

माओवादी केन्द्रसँग नेकपा एमालेको सत्ता गठबन्धन टुटेपछि अहिले सामाजिक संजालमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिन थालिएको छ। गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रिको पदमा हुँदा प्रचण्डलाई छेपारोको संज्ञा दिएका थिए।

अहिले सोहि विषयलाई पुन: बाहिर निकालिएको छ। प्रचण्डले सोहि समयमा राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेका थिए र मानिसहरु छक्क परेको भन्दै ओलीले त्यहि समयमा भने, ‘किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त !’ छेपारोले झैं रंग फेर्नु प्रचण्डका लागि नौलो नभएको ओलीले सिधै व्यंग्य प्रहार थिए ।

अहिले तत्कालिन समयको भिडियो निकै भाइरल भइरहेका छन्। उक्त भिडियोमा उनले भने, ‘खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउने छ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।’

आसन्न राष्ट्रपति चुनाव नजिकिंदै गर्दा प्रधानमन्त्री चयन गर्न १० पुसमा बनेको सत्ता गठबन्धन राष्ट्रपतिको चुनावसम्म आइपुग्दा भत्कियो। माओवादी केन्द्रले प्रधानमन्त्री पाउँदा बनेको सत्ता गठबन्धन एमालेले राष्ट्रपति नपाउँदा टुटेको हो।

माघदेखि माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएको थियो। जब कि १० पुसमा बनेको गठबन्धनमा एमालेलाई सभामुख र राष्ट्रपति दिनेमा सहमति भएको थियो। तर, माओवादी केन्द्रका नेताहरू भने त्यस्तो लिखित सहमति नभएको दावी गर्दै आएका थिए। अहिले आएर प्रधानमन्त्रि पदमा बसेका प्रचन्डले धोखा दिए भन्दै आलोचना आइरहेका छन् ।

पुस २६ मा विश्वासको मत लिँदा प्रचण्डलाई नेपाली कांग्रेसले पनि मत दिएको थियो । जसबाट पुरानो गठबन्धन निमार्ण हुने वातावरण बनेको देखिन्थ्यो । तर, कांग्रेसले १० पुससम्म जुनसुकै अवस्थामा पनि माओवादीलाई प्रधानमन्त्री दिन चाहेन । अन्ततः गठबन्धन टुट्यो र फेरी अर्को एमाले सँगको नयाँ गठबन्धन बन्यो।

माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने भएपछि अहिले आएर गठबन्धन टुट्यो। अझ भनौ उनद्वारा गठबन्धन टुटाउने नयाँ गठबन्धन बनाउने कार्य मात्रै भएको छ। मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन देखि अहिले सम्म तिन पटक यस्तो टुट्ने नयाँ बन्ने भइरहेको छ। अहिलेको नयाँ गठबन्धन पनि कति समयको लागि टिक्ला भन्ने हामीले सम्भावना लगाए हुन्छ। राष्ट्रपतिको चुनाव सकिएपछि के होला त बन्दै गरेको ८ दलिय नयाँ गठबन्धन भत्किन्छ कि रहन्छ अहिलेको चर्चाको विषय हुन् सक्छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *