सेयर बजारमा ३.८१ अंकको गिरावट

आज सेयर बजारमा नेप्से परिसूचक ३.८१ अंकले ओरालो लागेको छ। साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले ओरालो लाग्दै गर्दा घटेर २०१९.७३ विन्दुमा बन्द भएको हो।

आज सेयर बजारमा ३९ लाख ४६ हजार २४ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा कूल २६२ कम्पनीको सहभागिता थियो।

आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार गर्दै युनिभर्सल पावर अग्रिम स्थानमा छ । त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र सानिमा माई हाइड्रोपावरको कारोबार भएको छ।

आजको कारोबारमा अधिखोला लघुवित्त र आदर्श लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी चोम्पन्य्का लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्रिमियर इन्स्योरेन्स र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

यसअघि सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेको बजार २०२३.५४ बिन्दुमा पुगेको थियो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *